किन फुट्छ ओठ ? थाहा नभएका ५ कारण

सामान्यतयाः जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या पनि शुरु हुन्छ । जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने गर्छ । 

जाडोको समयमा सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फुट्ने समस्या आउँछ । अन्य के कारणले ओठ फुट्छ भनेर सामान्यतयाः कम मात्र मानिसहरुलाई थाहा हुने गर्छ ।
१. ओठमा बारम्बार जिब्रो लगाउँदा

केही मानिसहरुको बारम्बार जिब्रो ओठमा दल्ने बानी हुन्छ । जिब्रोमा भएको र्याल बारम्बार ओठमा दल्दा ओठ झन् सुख्खा हुन्छ । थुकमा केही यस्ता एन्जाइम्स हुन्छन् जसले भोजन पचाउने काम गर्छ । त्यस्तो थुक ओठमा लगाउँदा ओठमाथिको पर्त एन्जाइम्सका कारण सुक्न थाल्छ र ओठ झन् धेरै फुट्छ ।

२. डिहाइड्रेशन
ओठ फुट्ने अर्को ठूलो कारण भने डिहाइड्रेसन हो । डिहाइड्रेसन अर्थात शरीरमा पानीको मात्रा कम हुनु । पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो । प्यास नलागेसम्म पानी नपिउँदा यस्तो समस्या देखापर्छ । मानव शरीरलाई दैनिक २ देखि ३ लिटर पानीको आवश्यकता पर्छ । त्यसैले थोरै समयको अन्तरालमा पानी पिइरहनुपर्छ । डिहाइड्रेशनको समस्यामा ओठ धेरै फुट्ने गर्छ । साथै, अन्य स्वास्थ्य समस्यामा समेत अ‍ोठ फुट्न सक्छ ।

३. अमिलो खानेकुरा
अत्यधिक अमिलो खानेकुरा खाँदा पनि ओठ फुट्ने समस्या आउँछ । यसको धेरै सेवनले माउथ ड्राइनेस र ओठ फुट्ने समस्या हुनसक्छ । भिटामिन सीले छालामा चमक ल्याउने र उमेरभन्दा कम बुढो देखाउन मद्दत गरेता पनि यस्ता खानेकुरामा हुने एसिडिक नेचरका कारण छालालाई धेरै सुख्खा बनाउने हँुदा ओठ फुट्न सक्छ । त्यसैले अमिलो खाँदा पानी ज्यादा पिउने गर्नुपर्छ ।

४. धेरै मद्यपान
कहिले काँही मदिराको धेरै सेवन गर्दा पनि ओठ फुट्ने समस्या आउँछ । अल्कोहलले डिहाइड्रेसन गराउने हुँदा ओठ फुट्न सक्छ । ओठ धेरै नै कोमल हुन्छ । त्यसैले बोल्दा, बातचित गर्दा शरीर भित्रको हावाको सम्पर्कमा लगातार आउँछ र ओठमो नरमपनामा कमी आउँछ । यस्तो यदि तपार्ईं मद्यपान धेरै पिउने गर्नुहुन्छ भने तपाईंको ओठ फुट्ने समस्या आउँछ ।

५. चेलाइटिस
ओठ फुट्ने समस्या छालाका लागि एक विशेष समस्याको रुपमा लिइन्छ । जसलाई चेलाइटिस भनिन्छ । चेलाइटिसको समस्यामा मुख, कानहरु र ओठ फुट्ने गर्छ । र यस्ता अंगबाट रगत समेत आउँछ । यस्ता समस्यालाई बेवास्ता गर्दा इन्फेक्शन समेत हुने गर्छ । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker