पूर्व गृहमन्त्री गोविन्दराज जोशी अस्पताल भर्ना, पौडेलद्वारा स्वास्थ्य लाभको कामना

कोरोना भाइरस (कोभिड १९) को संक्रमति पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेस सहमहामन्त्री गोविन्दराज जोशीलाई अस्पताल भर्ना गरिएको छ । पुस १० गते कोरोना संक्रमण पुष्टि भएका जोशीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार समाजिक सञ्जालमा फेसबुकमार्फत जोशीको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।

‘मेरा सहयात्री, नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व मन्त्री श्री गोविन्द राज जोशीजी कोभिड–१९ को संक्रमणको कारण अस्वस्थ भै हेम्स अस्पताल काठमाडौंमा उपचाररत हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थलाभको कामना गर्दछु’ उनले लेखेका छन् । गृहजिल्ला तनहुँबासी पौडेल र जोशबीच काँग्रेसमा लामो समय राजनीतिक टकराब थियो ।

यतिसम्मकी केही महिनाअघि पौडेलकै जोडबलमा जोशीलाई काँग्रेसले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी अनुसाशनको कारबाही गरेको थियो । कोराना संक्रमित जोशीलाई पौडेलले शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker