‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियान, बीस वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई आर्थिक सहयोग गरिने

व्यास नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियानमार्फत छोरीलाई सम्मान कार्यक्रम ल्याएको छ । विशेष गरी नगरपालिकाभित्रका आदिवासी जनजाति, दलित र सीमान्तकृत समुदायलाई सो अभियानले समेट्ने छ । बीस वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, बोटे, दराई, कुमाल र चेपाङका छोरीलाई सम्मान गर्दै विवाहमा आर्थिक सहयोग समेत गरिने नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले सीमान्तकृत समुदायको उत्थानका लागि छोरी सम्मान कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । यसैगरी नगरपालिकाभित्र स्थायी बसोबास गर्ने स्नातक तहसम्म योग्यता हासिल गरेका बिपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गरिने छ । उहाँले भन्नुभयो “स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षाको लागि सहयोग गरिनेछ ।”

“महिलासँग उपप्रमुख कार्यक्रम’ अन्र्तगत गर्भवतीको पोषणको सहयोग गर्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरी हिंसामा परेका महिलालाई कानूनी उपचारको लागि सहयोग गरी उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । उच्च शिक्षा अध्ययन गर्न आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलव्ध गराएर उच्च शिक्षा हासिल गर्न सहयोग पु¥याउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले ‘निजी क्षेत्र एवं लगानीमैत्री’ नगरपालिका निर्माण गरी निजी साझेदारीको अवधारण अनुरुप मानहुँकोट, नारेश्वर ताल निर्माणलगायत योजनामा सहकार्य गर्ने भएको छ । नगरपालिकाको बिहीबार सम्पन्न ३५औँ नगरसभाले नगरपालिकाको आर्थिक विकासका लागि ‘निजी क्षेत्रसँग नगरपालिका’ भन्ने कार्यक्रमको आयोजना गरी हरेक तीन महिनामा एक पटक स्थानीय व्यवसायी र जनप्रतिनिधिबीच अन्तरक्रिया गरिने नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

व्यास -५ को चिन्तुटार, व्यास–१० को माथिल्लो भतेरी, सिसौघारी हुँदै परेवा रहसम्मको सार्वजनिक बगर क्षेत्रलाई औद्योगिक ग्राम बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker