अर्थ
-
उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी
गोरखा : उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो । “सदरमुकामस्थित कम्पनीको शाखा…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशमा उत्पादित सुन्तला विराटनगरमा
लेखनाथ : पोखरा–५ पस्र्याङ निवासी सुन्तला व्यापारी राजेश कार्कीले कुनै वर्ष एकै दिनमै ११ गाडी सुन्तला बिक्रीका लागि विराटनगर पठाउनुहुन्थ्यो । तर पछिल्ला वर्ष सोही परिमाणमा सुन्तला मधेसतिर पठाउन सक्नुभएको छैन । ‘पकेट’ क्षेत्र मानिने स्याङ्जा, म्याग्दी, बागलुङ, लमजुङ, तनहँु, पर्वतलगायत जिल्लामा उत्पादित सुन्तला बिक्री गर्ने मुख्य केन्द्र पोखराबजार हो…
पुरा पढ्नुहोस -
सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उहाँ पूर्णरूपमा यस खेतीमा लागिरहनुभएको छ । छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गर्नुभएको हो । चार सय बोट सुन्तलाबाट बर्सेनि रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको…
पुरा पढ्नुहोस -
गण्डकीमा सुन्तला खेती विस्तार, तनहुँमा १७ सय १२ हेक्टरमा सुन्तला खेती
गण्डकी : दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला खेती विस्तार भएको प्रदेश कृषि…
पुरा पढ्नुहोस -
तिहारमा रु २४ करोड फूलको कारोबार
यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता…
पुरा पढ्नुहोस -
अर्थतन्त्रको मेरुदण्ड : ‘बन्दीपुरमा केबुलकार र पाँचतारे होटल’
तनहुँ : बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र…
पुरा पढ्नुहोस -
तनहुँका नयाँ उद्योगको पुँजी रू एक अर्ब २५ करोड, कृषि उद्योगमा आकर्षण
दमौली : तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी रू एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको पर्यटन तथा उद्योग कार्यालय…
पुरा पढ्नुहोस -
पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गर्नुभयो । वैदेशिक रोजगारमा सोचेअनुरुप आम्दानी गर्न नसकेपछि उहाँ स्वदेश फर्किनुभयो । स्वदेश फर्किएपछि उहाँले पुर्ख्यौली आरन पेसालाई अगाडि बढाउनुभयो । गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध हुनुहुन्छ । हातमा सीप, मनमा जाँगर र आँट भए…
पुरा पढ्नुहोस -
कुहिरो हेर्न मानहुँकोटमा पर्यटकको आगमन बढ्यो
चिसो मौसम सुरु भएसंगै तनहुँको सदरमुकाम दमौली बिहानका समयमा कुहिरोले ढपक्कै ढाकिन थालेको छ । सेतो कुहिरोको सिराकले दमौली बजार लगायत आसपासको क्षेत्र ढाकिएपछि मानहुँकोटबाट निकै आकर्षक र मनमोहक देखिने गर्दछ । पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटमा विशेष गरी कुहिरो हेर्नकै लागि पर्यटकको आवागमन हुने…
पुरा पढ्नुहोस -
म्याग्देको वाराही सामुदायिक वनमा “टाइगर हिल पार्क” निर्माण
तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो । आन्तरिक तथा बाहृय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो । पृथ्वी राजमार्गबाट दुइ सय…
पुरा पढ्नुहोस