तनहुँको आँवुखैरेनीमा भूमिहीन ३८ परिवारको विवरण प्रमाणित, लालपूर्जा वितरण प्रक्रिया अघि बढ्यो

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रियालाई अघि बढाउँदै वडा नं. १ देखि ६ सम्मका ३८ परिवारको विवरण प्रमाणित गरेको छ । गाउँकार्यपालिकाको साउन १ गते बसेको बैठकले ३८ जना भूमिहीन सुकुम्बासी परिवारको विवरण प्रमाणित गर्दै लालपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भूमि समस्या समाधान समिति तनहुँमा विवरण पठाउने निर्णय गरेको हो ।
गाउँपालिकाका अनुसार अब भूमि समस्या समाधान समितिबाट आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भएपछि प्रमाणित भएका परिवारलाई धनीपुर्जा वितरणको प्रक्रिया अघि बढाइनेछ । लामो समयदेखि भूमिको स्वामित्वबाट वञ्चित रहेका नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले भूमिहीन परिवारलाई सम्पत्ति अधिकार, सम्मानजनक जीवन र सुरक्षित भविष्य सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार गाउँपालिका कार्यरत रहेको बताए । उनले ‘भूमिहीनको हातमा धनीपुर्जा, समतामूलक समाजको ऊर्जा’ भन्ने नीतिअनुसार सबै नागरिकको भूमि अधिकार सुनिश्चित गर्दै समावेशी विकास र समान अवसरको अभियानलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको उल्लेख गरे ।
भूमि स्वामित्वको अभावका कारण वर्षौंदेखि विभिन्न सरकारी सेवा, आर्थिक अवसर तथा सामाजिक सुरक्षाबाट वञ्चित रहेका नागरिकका लागि गाउँपालिकाको यो निर्णय महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
गाउँपालिकाले पारदर्शी सेवा प्रवाह, नागरिकको भूमि अधिकार सुनिश्चित गर्ने तथा समृद्ध आँबुखैरेनी निर्माण गर्ने लक्ष्यका साथ भूमि व्यवस्थापनसम्बन्धी बाँकी प्रक्रियासमेत प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker