दमौलीस्थित मादी पुलको प्रगति ८६ प्रतिशत

दमौली : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको दमौलीमा निर्माण भइरहेको चार लेनको मादी पुलको भौतिक प्रगति ८६ प्रतिशत बराबर पुगेको छ । बाँकी कामका लागि ३०० दिन म्याद थप गरिएको मुग्लिन–पोखरा सडक योजना -पूर्वी खण्ड) आयोजनाले जनाएको छ ।
चालु आर्थिक वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्य राखिए पनि काम पूरा हुन नसकेपछि समय थप गरिएको हो । आयोजानाका अनुसार पुल निर्माणको म्याद २०८४ वैशाख १६ गतेसम्म कायम भएको छ ।
व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम धमाधम भइरहेको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनअघि म्याद थपका लागि गरिएको सिफारिसअनुसार पूर्वाधार विकास मन्त्रालयले समय थप स्वीकृत गरेको हो ।
पुल निर्माणका लागि २०७९ साउन २६ गते अनक जेभीसँग सम्झौता भएको थियो। ३१५ मिटर लामो पुलमा पाँच वटा स्पान रहनेछन् । पुलका दुवैतर्फ दुई–दुई वटा प्रिस्ट्रेस्ड बक्स गर्डर स्पानको काम सम्पन्न भइसकेको छ ।
इञ्जिनियर पाण्डेका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको अधिकांश काम पूरा भइसकेको छ। एकतर्फको आर्क निर्माणसम्पन्न भइसकेको छ भने अर्कोतर्फको काम जारी छ । रु एक अर्ब २१ करोड लागतमा निर्माण भइरहेको यो पुल २३ मिटर चौडाइको हुनेछ। यो नेपालकै पहिलो एकल मोनोलेथिक स्ट्रक्चरयुक्त पुल भएको आयोजनाले जनाएको छ ।
पृथ्वी राजमार्गमा निर्माण भइरहेको यो पुल चार लेनको आर्क डिजाइनमा आधारित छ । हाल सञ्चालनमा रहेको दुई लेनको मादी पुल ३७० मिटर लामो छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker