तनहुँ निर्वाचन क्षेत्र नं. २ का सासंद सिग्देलद्वारा स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटका कार्यक्रम सार्वजनिक

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य केदार सिग्देलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि प्राप्त बजेटका कार्यक्रम छनोट गरी र्सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि सांसद सिग्देलले ४ करोड रुपैयाको आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रममा बजेट विनियोजन गरेका छन् । सांसद सिग्देलले आयोजना व्यवस्थापन खर्च ३ लाख साठी हजार र ६ वटा पालिकामा योजना कार्यक्रम अन्र्तगत ३ करोड ९६ लाख ४० हजार रुपैया विनियोजन गरेका छन् ।

कार्यक्रम अन्तरगत व्यास नगरपािलकाको वडा नं. ५ स्थित राष्ट्रिय परोपकार महासंघ नेपाल तनहूँको जेष्ठ नागरिक चौतारी भवनको ट्रस हल निर्माणका लागि १० लाख, दभुङ्ग चण्डीदेवी गुठी सामुदायिक भवनको ट्रस र शौचालय निर्माणका लागि १० लाख, व्यास-६ को शिसाघाट बजारको सिम्लेदेखि मादी नदिको पुलसम्म सडक कालोपत्रे गर्नका लागि ३० लाख रुपैयाँ गरी व्यासको वडा नं. ५ र ६ का लागि ५० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

यस्तै, म्याग्दे गाँउपालिकामा वरचौर खानेपानी निर्माण सुधारका लागि १५ लाख, निर्मलवस्ती थानसिंह मोटरमार्ग कालोपत्रे गर्न १५ लाख, नागढुङ्गा खेलमैदान निर्माण छाङ्गदीटारका लागि १० लाख, जौखोला धैरेनी मोटर मार्गका छिर्दी दोभान कर्ल्भर्ट निर्माणका लागि १० लाख, जनसहयोगी मोटर मार्ग स्तरोन्नतीका लागि १५ लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कार्यक्रम अन्तरगत शुक्लागण्डकी नगरपालिकाको काप्रेक खेलमैदान, थप्रेक तथा मुस्लिम सामुदायिक भवन निर्माण भ्याकुते सहित वडा नं. १ मा १५ लाख, आर्दश टोल सामुदायिक भवनको कम्पाउण्ड वाल तथा पार्क निर्माण वडा नं. ३ मा १० लाख, भृगु त्रिवेणीधाम शवदाह स्थल निर्माण सुधारका लागि १० लाख, दुलेगौडा नयाँपुलदेखि लालिम जाने मोटरमार्ग कालोपत्रे वडा नं. १० मा २० लाख, कुमाल सामुदायिक भवन निर्माण वडा नं. ७ मा १० लाख, र्राईपुर कोटकालिका पूर्वाधार विकास कार्यक्रमका लागि १० लाख रुपैयाँ गरी ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, भिमाद नगरपालिकामा उत्तर दक्षिण मोटरमार्गको छाब्दी वराही मन्दिरदेखि सिगारभञ्ज्याङ्ग खण्ड स्तरवृद्धि तथा फाँचेथर कोटथर पर्यटकीय पैदलमार्ग निर्माण समेतका लागि १५ लाख, लोकतान्त्रिक मार्ग स्तरोन्नती, जलौदीदेखि सुनाकोटसम्मका लागि १० लाख, खरखरे खानेपानी योजना सुविधा विस्तारका लागि १५ लाख, नेवाः खल भवन निर्माण र जनज्योति माविको क्यान्टिन छानो समेतका लागि ११ लाख ४० हजार, भिम देउराली मोटरमार्ग स्तरोन्नती वडा नं. ७ मा १० लाख, वालज्योती आधारभुत विद्यालय तला थप गर्नका लागि १० लाख रुपैयाँ गरी कुल ७१ लाख ४० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

घिरिङ्ग गाँउपालिकामा पुट्टार ढोपर खोल्सी खानेपानी योजनाका लागि १५ लाख, राधाकृष्ण मोटरमार्ग गोफा-देउराली-डुम्रेवेशीका लागि १५ लाख, अर्चलकोट-मानपुर-खिला खानेपानी सुविधा विस्तारका लागि १५ लाख, नयाँटार गावुडाडा मार्ग स्तरोन्नतीका लागि १० लाख, वनडाँडा खानेपानी योजना सुविधा विस्तारका लागि १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, रिसिङ्ग गाँउपालिकामा झापुटार-धवला-ग्वासलुङ्ग-धनवास मोटरमार्ग स्तरोन्नतीका लागि १५ लाख, गोठादी सामुदायिक भवनका लागि १० लाख, सिसेरा खोला खानेपानी योजना स्तरवृद्धिका लागि १० लाख, श्रृङ्ग माध्यमिक विद्यालय गोठादीको तला थप गर्न १० लाख, शिव सरास्वती माविको प्राविधिक शिक्षा संचालनका लागि भौतिक विस्तारमा २५ लाख रुपैयाँ गरी कुल ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker