नेपाल बार एशोसिएसन तनहुँमा सुवेदी चयन
भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल बार एशोसिएसन तनहुँमा भानुभक्त सुवेदीको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरिएको छ । अध्यक्ष पदका लागि पाँच जना आकांक्षी रहेपनि अन्तिममा सुवेदीलाई सर्वसम्मत चयन गरिएको हो ।
एशोसिएसनको उपाध्यक्षमा शरणहरी वाग्ले, सचिव त्रैलेक्य वाग्ले, सहसचिव माधव घिमिरे र कोषाध्यक्ष हरिमान श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा परशुराम गिरी, कृष्णहरि वाग्ले, ऋषिराम पोख्रेल, अमृतबहादुर नेपाली, डम्बरदेव हड्खले, शिवराज काफ्ले, हरिशचन्द्र रेग्मी र इन्द्रा थापालाई चयन गरिएको बताइएको छ । यस्तै एशोसिएसनको पार्षमा केशव भट्टराइ, त्रिभुवन श्रेष्ठ, यज्ञबहादुर थापा र चन्द्रकान्त वाग्ले चयन भएको बताइएको छ ।










