देवघाटको पर्यटन विकासमा सघाउँछु : अध्यक्ष तिमिल्सिना

ञ्ज्याङ समाचारदाता/देवघाट

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवघाटधामको धार्मिक तथा पर्यापर्यटनको विकासमा सघाउने प्रतिबद्धता जनाएका छन्।

देवघाट गाउँपालिका-५ कालीमाटीस्थित जगन्नाथ शान्ति कुञ्जको अवलोकनपपछि अध्यक्ष तिमिल्सिनाले देवघाट देशकै प्रमुख धार्मिक तथा पर्यापर्यटनका लागि महत्वपूर्ण स्थान भएकाले यसको विकास र प्रचारप्रसारका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।

उनले भने, ‘देवघाटधाममा विश्वमा प्रसिद्ध छ । यहाँको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गर्दछु ।’

देवघाटमा धार्मिक पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको हुँदा यी विषयमा संघीय सरकारले विशेष ध्यान दिनुपर्ने र देवघाट जोड्ने विभिन्न ठाउँमा मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker