स्वास्थ्यकर्मी बिहिन तनहुँ कारागार

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ कारागार स्वास्थ्यकर्मी बिहीन छ । दमौलीमा रहेको कारागारमा करिव तीन वर्षदेखि स्वास्थ्यकर्मी पद रिक्त हुँदा कैदीबन्दिले समस्य झेल्नुपरेको छ । करिव ३ वर्षदेखि कारागारमा रहेको स्वास्थ्यकर्मी पद रिक्त हुँदा स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल जानुपर्ने बाँध्यता रहेको कैदीबन्दिहरु बताउँछन् ।

लागुऔषध ओसारपोसार गरेको मुद्दामा जिल्ला कारागारमा सजय काटिरहेकी ३५ वर्षीय महिला यौन रोग समस्यसंगै दीर्घरोगबाट पनि पीडित छन् । महिनावारी हुँदा तल्लो पेट दुख्ने, ढाँड दुख्ने जस्तो समस्या हुने उनले बताइन् । कारागारमा स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्यमा स-सानो समस्यादेखा पर्दापनि जिल्ला अस्पताल नै दौडना पर्ने उनले बताइन् ।

‘पहिला कास्की कारागारमा हुँदा सजिलो थियो’, उनले भनिन्, ‘यहाँ त आएदेखि नै कारागार स्वास्थ्यकर्मी बिहिन छ । दिनरात जुन समय बिरामी परेपनि १० मिनेट हिडेर अस्पताल जानुपर्छ ।’ कारागारमा बिरामी परे जुन समय भएपनि बिरामीलाई अस्पताल पुर्‍याउने गरेको कैदीबन्दीहरु बताउँछन् । उनले भनिन्, ‘यहाँका सरहरुले बिरामी पर्दा दिनरात नभनि अस्पताल लग्दिनु हुन्छ । तर, कारागार भित्रै स्वास्थ्यकर्मी भएको भए स-साना समस्याको यहि नै समाधान हुने थियो ।’

यस्तै, दम रोगको बिरामी पनि आफुसंगै बस्ने र आवश्यक औषधि स्वास्थ्यकर्मीको सल्लाह अनुसार कार्यालय सहयोगीले नै किनेर दिने ४५ वर्षीया महिलाले बताइन् । तर, कारागारमा स्वास्थ्यकर्मी नभएकाले पनि महिनावारीको समयमा देखिने समस्याको घरेलु विधीबाटै उपचार गर्नुपर्ने बाँध्यता रहेको उनको गुनासो छ । उनले भनिन्, ‘सानो सानो समस्य भएपनि हडकडि लगाएर दमौली अस्पताल जानुपर्छ, भरु यहि तातोपानी र कारागारमै उपलब्ध औषधी खाएर बस्ने गरेका छौं । जटिल समस्य आए मात्र अस्पताल जाने गरेका छौं ।’

कारागारबाट बहिरा निस्कदा कैदीबन्दिले हडकडि लगाउनुपर्ने हुँदा स-सानो स्वास्थ्य समस्य तातोपानी खाएर, तातोपानीले सेकेर अथवा लुकाएर नै बस्ने गरेको बताउँछन् । गत फागुनबाट दमौली कारागारमा महिला कैदीबन्दि राख्न सुरु गरिएको हो । यसअघि यहाँका महिला कैदीबन्दिलाई कास्की, गोरखा लगायतका जिल्लाको कारागारमा पठाउने गरिन्थ्यो । कारागारले कैदीबन्दि महिलाहरुलाई आवश्यक सामान बाहिरा बजारबाट ल्याउन भनि दुइ जना महिला कार्यालय सहयोगी पनि राखेको छ ।

कारागारमा अन्य समयभन्दा महिनावरीको समयमा अलि असहज हुने २६ वर्षीय महिलाले बताइन् । ‘महिनावरी मध्यरात, दिउँसो जति बेला पनि हुन सक्छ । रातीको समयमा रगत बग्न लाग्यो र बाँकी प्याड छैन भने सुतिरहेकालाई उठाएर प्याड माग्नुपर्ने हुन्छ’, उनले भनिन्, ‘महिनावारी भएको समयमा सफा सुग्घार हुन पनि अलि मुस्किल छ ।’

यस्तै, कारागारमा निशुल्क प्याडको व्यवस्थापन नहुँदा कहिलेकाही प्याड किन्ने पैसा नभएर परिवारसंग माग्नुपर्ने र कपडाको पनि प्रयोग गर्नुपरेको महिला कैदीबन्दिहरु बताउँछन् । उनीहरुले कार्यालय सहयोगीको हातमा पैसा दिएर प्याड लिन पठाउने गर्दछन् । दमौली कारागारमा २१ वर्षदेखि ४५ वर्षसम्मका महिलाहरुले सजाय काटिरहेका छन् । कारागारमा स्वास्थ्यकर्मी नहुँदा महिला स्वास्थ्य, महिनावारी हुँदा अप्नाउनुपर्ने स्वस्थ सफाबानीको बारेमा जानकारी पाउन नसकेको बताउँछन् ।

कारागारमा पटकपटक स्वास्थ्यकर्मीको माग गरिरहेपनि पदपुर्ति हुन नसकेको जिल्ला कारागारका प्रमुख नारायणप्रसाद अधिकारीले बताए । उनले भने, ‘कैदीबन्दिलाई केही समस्य परेको थाहापाएसंगै उपचारका लागि हामी दमौली अस्पताल लग्ने गरेका छौं । कारागारमा लोकसेवाबाट आएको स्वास्थ्यकर्मी माग गरिरहेका छौं । आशा छ चाडैनै पाउने छौं ।’

करिव २० वेड क्षमता रहेको कारागारमा तनहुँ, गोरखा र रुपन्देहीका १४ जना महिला कैदीबन्दि राखिएको प्रमुख अधिकारीले बताए । ‘पछिल्लो समय कारागारमा विभिन्न संघसंस्थाबाट प्याडको उपलब्ध भइरहेको छ’, उनले भने, ‘अब चाडै नै कारागारमै निशुल्क प्याडको व्यवस्थापन गर्ने बारे छलफल भइरहेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker