भारतीय गाडीको ठक्करबाट तनहुँमा दुई स्कुले बालबालिकाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा शुक्रबार दिउँसो भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी–२ की ८ वर्षीया सायना थापा र ५ वर्षीय विलियम थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्यालयको छुट्टीपछि घरतर्फ पैदल जाँदै गरेका उनीहरुलाई मुग्लिनबाट डुम्रेतर्फ आउँदै गरेको युपी १३ ए क्यु ७७० नम्बरको गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो । सडकछेउ हिँडिरहेका बालबालिकालाई तीव्रगतिमा आएको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । दुवै बालबालिकालाई तत्काल आँबुखैरेनी अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि आँबुखैरेनी अस्पतालले सीएमीसी अस्पताल चितवन रेफर गरेकोमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् । मृतक सायना र विलियम दाजुभाइका छोराछोरी हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker