देवघाट गाउँपालिका : “पुरानो शिक्षा नीतिले अहिलेको वैज्ञानिक शिक्षासंग मेल खान सकेको छैन”

देवघाट : देवघाट गाउँपालिका संघीय सरकारबाट प्राप्त बजेटबाट शिक्षा क्षेत्रको विकासका काम गर्दै आएको छ । तोकिएको पाठ्यक्रमसंगै गाउँपालिकाले अन्य आवश्यकतानुसारका पठ्यक्रमहरुको पठनपाठनमा पनि जोडदिदै गएको गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले बताए । देवघाट भौगोलिक हिसावले बिकट क्षेत्र भएको पालिका भएकाले स्थानीय हावापानी सुहाउँदो र आवश्यकतालाई पहिचान गरी जीवनउपयोगि शिक्षालाई प्राथमिकता दिने नीति अवलम्बन गर्दै अगाडि बढेको उनले बताए ।
‘भौगोलिक र जनजीवनको आवश्यकताको अध्ययन गरी शिक्षा क्षेत्रको विकासका लागि योजना बनाएर अगाडि बढिरहेको अवस्था छ । एकीकृत शिक्षा कार्यक्रम तयार गरी लागु गरिएको छ । त्यसमा शिक्षा, स्वास्थ्य, पशु, कृषि सम्बन्धित विषयलाई प्राथमिकता दिएका छौ’, अध्यक्ष थापाले भने, ‘ग्रामीण क्षेत्रका बासिन्दाले पशु पालन, खेतीकिसान गर्छन् । सबै नागरिहरुले स्वथ्य जीवन जिउनुपर्छ भनि त्यस्ता कार्यक्रम विद्यालयस्तरबाटै लागु गरिएको छ । ९ देखि १२ कक्षाका विद्यार्थीहरुलाई उत्प्रेरण गजाउने खालका शिक्षा प्रदान गर्नुपर्छ भनि शिक्षा, स्वास्थ्य, पशु, कृषिका विज्ञहरुलाई हरेक विद्यालयमा पु¥याएर जनाचेतनाका कार्यक्रमहरु गरिएको छ ।’
स्थानीय आवश्यकता पहिचान गरी गाउँपालिकाले विद्यालयस्तरमै सञ्चालन गरेका यस्ता कार्यक्रमले विद्यालयहरुमा सकरात्मक परिवर्तन आएको पइएको छ। उनले भने, ‘विद्यार्थीमा अहिले हामीले विद्यालयमा पढेर मात्रै नहुने रहेछ घरको काम पनि गर्नुपर्छ, हामीसंग भएका खेतीयोग्य जमिनको उपभोग कसरी गर्ने, कृषि पेशालाई कसरी हेर्ने, हामीले उपभोग गर्ने तरकारी उत्पादनमा कसरी जोडिनुपर्छ जस्ता विषयलाई विद्यालय तहका पठनपाठनमा जोड्दै लगिएको हुँदा शिकाई प्रभावकारी बन्ने विश्वास लिएका छौं ।’
‘विद्यालयहरुमा विषयगत शिक्षकको अभाव छ । मुख्य विषयहरुमा राहत, अनुदान दिएर विज्ञान, अंग्रेजी र गणितका शिक्षक उपलब्ध गराउँदै आइएको छ । आधारभुत तहलाई विषयगत शिक्षक हुँदैन, ९ देखि १२ कक्षासम्मका विषयगत शिक्षक आवश्यकतानुसार दरबन्दी पुरा हुन सकेको छैन’, अध्यक्ष थापाले भने, ‘ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्यार्थी संख्या कम हुँदै गएका छन् । संघीय सरकारले विषयगत शिक्षकको दरबन्दी उपलब्ध नगराउँदा राहत र प्राथमिक तहका शिक्षकहरुबाट माध्यमिक तहका विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता रहेको छ ।’
सीपयुक्त र व्यवहारिक शिक्षा नहुँदा शिक्षित जनशक्ति बेरोजगार बनेको अवस्था पनि छ । १२ कक्षा उत्तीर्ण भएपछि अध्ययनका नाममा तथा रोजगारीको खोजीमा विदेशिनेको संख्या पनि दैनिक जसो बढ्दै जानु अहिले चिन्ताको विषय बनेको अध्यक्ष थापा बताउँछन् ।
उनले भने, ‘गाउँपालिकाले युवा जनशक्तिलाई गाउँमै स्वरोजगार बनाउन तथा शिक्षित वेरोजगारीको समस्या हल गर्न कृषि क्षेत्रमा प्राथमिकतामा राखेर व्यवसायीक रुपमा स्थानीय हावापानी सुहाउँदा खेती, सुन्तला खेती, पशुपालनमा जोड दिएका छौ । देवघाटमा करिब ६० प्रतिशत भू–भागमा सुन्तला खेती राम्रो हुन्छ र धेरै युवाहरु अहिले सुन्तला खेतीमा जोडिएका पनि छन् । उनीहरुलाई उन्नत जातका विरुवा गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको छ । मेड्पा कार्यक्रमबाट र गाउँपालिकाको आफ्नै कार्यक्रममार्फत धेरै युवाहरु स्वारोजगारमा जोडिदै छन् । एकैपल्ट ठुलो उपलब्धी नदेखिएको मात्रै हो । अब बानीको बिकास हुँदै भविष्यमा उनीहरुले धेरैलाई रोजगारी दिने अवस्था छ ।’
शिक्षा क्षेत्रको विकासका लागि स्पष्ट राष्ट्रिय शिक्षा नीति आउनुपर्नेमा उनको जोड छ । ‘पुरानो शिक्षा नीतिले अहिलेको बैज्ञानिक शिक्षासंग मेल खान सकेको छैन’, अध्यक्ष थापाले भने, ‘अहिले शिक्षा कस्तो हुनुपर्छ भन्दा शैक्षिक उपलब्धी हाँसिल गरिसकेपछि त्यो व्यक्ति पेशामा दक्ष्य हुनुपर्छ र पेशामा लाग्न सक्ने योग्य हुनुपर्छ । यो नेपालको शिक्षा नीतिले समेट्न सकिरहेको छैन, मात्रै अक्षर, अंक पढ्न सक्ने, सामान्य हिसाव गर्न सक्ने बनाएको छ, यो प्रयाप्त हुँदैन । दैनिक जीवनयापन गर्न सक्ने नीति स्पष्ट राज्यले ल्याउन सकेको छैन ।’
यस्तै, गाउँपालिकाका हरेका क्षेत्रमा गएर युवाहरुको तथ्याङ्क लिने गरिएको र ती युवालाई आवश्यकतानुसारको तालिम, क्षमता अभिवृद्धि, सीपयुक्त बनाउने गरी पालिकाका सम्बन्धित शाखालाई सक्रिय बनाउँदै लगिएको अध्यक्ष थापाले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker