पहिराले एक घर पूर्ण क्षति, एक घर जोखिममा

भञ्ज्याङ समाचारदाता/ऋषिङ

गत बिहीबार रातिदेखि परेको अविरल वर्षका कारण ऋषिङ्ग गाउँपालिका-६ पुरानो ऋषिङ्गमा पहिराले एक घर पूर्ण क्षति भएको छ भने एक घर जोखिममा रहेको छ । स्थानीय विष्णुबहादुर झेडीको घरमाथि आएको पहिराले पुरिंदा क्षति भएको हो । पहिराले खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा पुरिए पनि कुनै मानवीय क्षति नभएको वडाध्यक्ष भक्तबहादुर आलेले जानकारी दिए ।

अविरल वर्षाका कारण वडा नं ७ को साङ्खोल्सीमा झरेको पहिरो सफा गरिएको छ । वडा नं ७ सतिकोटमा पहिरामा कारण भएको सडक अवरोध खुलाइएको छ । उक्त पहिराका कारण एक घर जोखिममा छ ।

त्यसैगरी वडा नं ६ गोठादीमा पहिरो झरेर अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ । वडा नं ४ र ६ जोड्ने ढाक्रेखोला पुलमा पहिराले सामान्य क्षति पुर्‍याएको छ । उक्त पुलमा रहेको पहिरो हटाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । श्रीङ्गपथसँगै दुबुङ्ग सडक खण्डमा दर्जनौँ स्थानमा पहिराका कारण सडक अवरुद्ध भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker