डुम्रेका सुनचाँदी व्यवसायीद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री उपलब्ध
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित डुम्रे बजारका सुनचाँदी व्यवसायीहरुले सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका सामाग्रि उपलब्ध गराएका छन् । कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले सुनचाँदी व्यवसायी संघ डुम्रेले इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।
शान्ति सुरक्षाका लागि अग्रमोर्चामा खट्टनिुहुने सुरक्षाकर्मीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वस्थ्य सामाग्री उपलब्ध गराइएको संघको डुम्रे बजार इकाइका अध्यक्ष भीम बहादुर गौतमले बताए ।
अध्यक्ष गौतमले प्रहरी कार्यालय डुम्रेमा पुगेर भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषाललाई स्वास्थ्य सामाग्रीहरु फेस शिल्ड ३८ थान, र्सर्जिकल मास्क १ पोका, ५०० एम एल सेनिटाइजर २ थान उपलब्ध गराएका थिए ।

उक्त कार्यक्रममा अध्यक्ष गौतमले प्रहरीहरु अग्रपक्तिमा रहेर काम गर्नुपर्ने र उनीहरू सुरक्षित भए आम नागरीकले शान्ति सुरक्षाको महसुस गर्न पाउने बताए । फर्न्टलाइनमा रहेर काम गर्ने प्रहरीहरुलाई सुनचाँदी व्यवसायीहरुले हामी पनि कोभिड १९ सँगको लर्डाईमा सँगै छौ भन्ने संदेश दिएको र यस्तो सहकार्यले आगामी दिनमा एकआपसमा सम्बन्ध बिस्तार हुँदै जाने बताए ।
सुनचाँदी व्यवसायी तथा तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाईका उपसभापति हेमलाल भी केले अन्य ठाउँमा कोभिडको स्थिति भयावह अवस्था रहेपनि यस क्षेत्रमा त्यस्तो अवस्थामा नरहेको भन्दै स्वस्थ्य सुरक्षाका मापदण्डहरु पूरा गरेर व्यापार व्यवसाय संचालन गर्ने सबै व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा सुनचाँदी व्यवसायी संघ डुम्रे इकाईका पदाधिकारीहरु, ब्यबसायी र प्रहरी लगायतको उपस्थिति रहेको इकाईका सदस्य रोहित विकले बताए ।










