देवघाट गाउँपालिकामा आधारभुत अस्पताल निर्माणका लागि सम्झौता

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिकामा गाउँपालिका स्तरीय आधारभुत अस्पताल निर्माण कार्य अगाडि बढाइने भएको छ । गाउँपालिकाले अस्पतालको भवन निर्माणका लागि बुधबार निर्माण कम्पनीसंग सम्झौता गरे गरेको छ । गाउँपालिका र भवन निर्माण गर्ने कम्पनी रोशन शिवशक्ति जेभि हेटौडा बिच भवन निर्माण सम्बन्धी सम्झौता गरिएको छ । सम्झौता पत्र आदानप्रदान गर्दै अस्पताल भवन निर्माण कार्यलाई सहयोग र सहज गर्न देवघाट गाउँपालिका तयार रहेको बताउदै गुणस्तरीय रुपमा समयमै भवनको निर्माण सम्पन्न गर्न गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले आग्रह गरेका छन् ।

भवनको गत मंसिर १५ गते तनहुँ क्षेत्र नम्बर १ संघीय सांसद कृष्णकुमार श्रेष्ठ किसानले शिलान्यास गरेका थिए । सो भवनको सूचना प्रकाश भने गत साल पुस २९ गते भएको र सुचना अनुसार १४ वटा बोलपत्र कार्यालयमा पेस भएको गाउँपालिकाले जनाएको छ ।

जसमा प्रविधिक र आर्थिक प्रस्तावको मुल्यांकनमा रोशन-शिवशक्ति जे.वि. हेटौंडा पहिलो नम्बरमा परेको थियो । बोलपत्रको मुल्यांकन प्रक्रिया पुरा गरी बुधबार सम्झौता गरिएको अध्यक्ष थापाले बताए । दस शैय्याको आधारभूत अस्पताल भवन निर्माण कार्य २०८० साल बैशाख २१ गते भित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको छ ।

भवन निर्माणका लागि कार्यालयको कुल लागत मुल्य वृद्धि संयोजना र भैपरि खर्च सहित १२ करोड ८३ लाख ४१ हजार ८६६ रुपैयाँ ५४ पैसा रहेको छ । रोशन-शिवशक्ति जे.वि. हेटौंडाले भ्याट सहित ७ करोड ७८ लाख ५२ हजार ७१८ रुपैयाँ ५७ पैसामा सम्पन्न गर्नुपर्ने छ । ८ रोपनी क्षेत्रफल जमिनको करिब दुइ रोपनी क्षेत्रफल भित्र अस्पताल दुइ तले भवनको भुइ तलमा १६ र माथिल्लो तलामा १६ गरी ३२ कोठाको लिफ्ट र र्‍याम्प सहितको आधुनिक भवन हुने देवघाट गाउँपालिकाका प्रमुख इन्जिनियर तिर्थराज ढुंगानाले जानकारी दिए ।

कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा, देवघाट-४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ, देवघाट गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, गाउँपालिका प्रशासन प्रमुख गोविन्द पौडेल, लेखा प्रमुख उमनाथ ढकाल, गाउँपालिका स्वास्थ्य प्रमुख प्रदीप बुढाथोकी र शिवशक्ति जेवि हेटौंडा मकवानपुरका प्रतिनिधि सुरेन्द्र पाठक लगाएतले अस्पताल भवन समयमै निर्माण सम्पन्न सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker