जंगलको सिस्नो बजारमा

तनहुँको ऋषिङ गाउँपालिकाको काहुँडाँडाको जंगलबाट सिस्नो टिपेर दमौलीमा बिक्रीवितरण गर्दै एक महिला । दमौलीमा प्रतिकिलो करिब दुई सय रुपैयाँसम्मा सिस्ने खरिदबिक्री हुने गरेको छ ।

सिस्नो अंग्रेजीमा नेटल भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुँदा उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने (जलन) र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुने गरेपनि पानीमा उमालेपछि ती तत्वहरू नास भएर जाने गर्दछन् । यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।

सिस्नोमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थ पाहिने हुँदा पछिल्लो समय यसलाई राम्रो परिकारका रुपमा खान थालिएको छ । यसमा २५% सम्म प्रोटिन हुनेहुँदा शाकाहरीहरूको लागि अति उत्तम भोजन हुने जानकार बताउँछन् । नेपालको पहाडी क्षेत्रमा जनसंख्याको बृद्धि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो भेटिदैन । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker