मुस्लिम धर्मावलम्बीहरुले आज इद-उल फित्र मनाउँदै

मुस्लिम धर्मावलम्बीहरुले आज इद-उल फित्र मनाइरहेका छन् । एक महिनाको उपवास (रोजा)पछि आज तनहुँका मुस्लिम धर्मावलम्बीहरूले हर्षोल्लासका साथ इदपर्व मनाइरहेका छन् ।
बुधबार -हिजो) राति चन्द्रमा देखिएपछि आज तनहुँको दमौली लगायत मुस्लिम धर्मावलम्बीहरुको वसोवास रहेका स्थानमा रहेका नुरी हन्फी जामे मस्जिदमा मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् ।

मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए ।
इदको अवसरमा मुस्लिम समुदायमा विभिन्न किसिमका विशेष परिकार खाने र खुवाउने प्रचलन छ । इद-उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाउने प्रचलन रहदै आएको छ ।










