स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुन्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–१३ खड्कागाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले गठबन्धन आवश्यक रहेको र त्यसको निर्णय स्थानीयस्तरको आवश्यकताका आधारमा हुने बताउनुभयो । अहिलेको अवस्थामा कांग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको पौडेलको भनाइ थियो ।

“कांग्रेस जम्मा ३० प्रतिशत थियो, ७० प्रतिशत कम्युनिष्ट छन्, कम्युनिष्टसँग लड्नका लागि पनि गठबन्धन आवश्यक छ”, पौडेलले भन्नुभयो, “स्थानीयस्तरको आवश्यकता हेरेर गठबन्धनको निर्णय हुन्छ ।” वरिष्ठ नेता पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा जनताले पनि बुझ्न थालेको तर्क गर्नुभयो । सुरुमा एमसिसीको विरोध गर्ने जनता पनि एमसिसीको बारेमा स्पष्ट भएको पौडेलको भनाइ थियो । “सुरुमा एमसिसी सुन्ने बित्तिकै जनता विरोधमा उत्रिन्थे, एमसिसीको विपक्षमा ठूलो माहोल थियो, अहिले जनताले पनि बुझिसकेका छन्”, पौडेलले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले आजै भानु नगरपालिका–१२ आहालेमा आयोजित कार्यक्रममा कांग्रेसको नेतृत्वमा सुरु भएको विकासको अभियानलाई कांग्रेसले नै पूरा गर्ने बताउनुभयो । उहाँले कांग्रेसको नेतृत्वमा देशभर विकासका काम सुरु भएको बताउँदै त्यसलाई पूरा गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा आएको बताउनुभयो । नेता पौडेलले व्यास नगरपालिका–९ निवासी स्व सतञ्जीवी पौडेलको १३औँ दिनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पौडेलको निधनले कांग्रेसले इमानदार कार्यकर्ता गुमाएको बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker