व्यास नगरपालिकाको एक सय तीस मेट्रिक टन क्षमताको ‘शीतभण्डार’ सञ्चालन

व्यास नगरपालिका–११ गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको शीतभण्डार शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

व्यासनगर प्रमुख बैकुण्ठ न्यौपानेले आलु भण्डारण गरेर सो शीतभण्डार उद्घाटन गर्नुभयो । एक सय तीस मेट्रिक टन क्षमताको भण्डार गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको हो ।

शीतभण्डार निर्माणका लागि विसं २०७८ भदौ १३ गते निर्माण कम्पनीले सम्झौता गरी निर्माणकार्य अघि बढाइएको थियो । विद्युत् प्राधिकरणले थ्री फेजको ट्रान्समिटर जडान गरेपछि शीतभण्डार सञ्चालनमा ल्याइएको व्यास नगरपालिका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रारम्भिक ठेक्का रकम रु एक करोड ६२ लाख ३२ हजार दुई सय ४६ रहेकोमा थप रु उन्नाइस लाख ९८ हजार छ सय २७ वृद्वि भई करसहित कूल लागत रु करोड ९१ लाख ३२ हजार सात सय २२ रुपैयाँ पुगेको छ ।

विसं २०८० असोज महिनामा पहिलो चरणको निर्माणकार्य सम्पन्न गरी गत असार मसान्तभित्र दोस्रो चरणमा कमाउण्ड, प्रवेशद्वार, शौचालय लगायतका भौतिक संरचना निर्माण गरिसकिएको छ ।

भवन लगायतका भौतिक संरचना निर्माणकार्य यसअघि नै सम्पन्न गरिए पनि विद्युत् ट्रान्समिटर जडान कार्यमा ढिलाइ हुँदा सञ्चालनमा ढिलाइ हुन गएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

वर्षौँदेखि व्यक्तिले कब्जा गरी भोगचलान गर्दै आएको सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी शीतभण्डार निर्माण गरेको हो । यस आर्थिक वर्षदेखि व्यास नगरपालिकामा उत्पादन भएका आलु, सुन्तला लगायतका फलफूल र तरकारी स्टोरमा राख्ने गरी सञ्चालनमा ल्याइको छ ।

नगरपालिकामा शीतभण्डार निर्माण भएपछि वार्षिक करिब रू चार÷पाँच करोड बाहिरिनबाट रोकिने व्यास नगरप्रमुख न्यौपानेले बताउनुभयो । व्यासमा चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि आलु, फलफूल, तरकारीलगायतका वस्तु शीतभण्डारमा राख्नका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य हुने उहाँको विश्वास छ ।

यस शीतभण्डार सञ्चालनमा आएसँगै कृषि उपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । विशेष गरी आलु, तरकारी तथा अन्य कृषि उपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न शीतभण्डारको महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker