छुटेकालाई १६ र १७ गते दोश्रो डोजको खोप लगाइने

भञ्ज्याङ न्यूज

तनहुँमा दोश्रो चरणको खोप लगाउन छुटेकालाई आगामी आईतबारबाट खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका सबै तहमा यस अघि प्राथमिकतामा परेका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, ज्येष्ठ नागरिक, पत्रकार लगायतलाई यस्तो खोप दिइनेछ ।

कार्यालय प्रमुख शंकरबाबु अधिकारीले आगामी आईतबार र सोमबार त्यस्तो खोप दिइने जानकारी दिए। कार्यालयले दमौली, नारेश्वटार, बेलचौतारा, बन्दिपुर, घिरिङ, कोटदरबार, देवघाट तथा जामुनेमा यस्तो खोप दिने व्यवस्था मिलाएको छ । तर खोप लगाउन भने गत फागुन २३ गते अगाडि लगाएका व्यक्ति हुनुपर्ने सूचनामा छ ।खोप लगाउनका लागि स्वास्थ्य संस्था वा स्थानीय तहमा सर्म्पर्क राख्न पनि कार्यालयले आग्रह गरेको छ । यस अघि जिल्ला कोभिड संकट व्यवस्थापन समितिले मौज्दात रहेको खोप दोश्रो चरणमा छुटेकालाई लगाउन दिने निर्णय गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker