तनहुँको देवघाट-३ का वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिका-३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आइतबार शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए ।

उनका अनुसार वडाध्यक्ष शवको भिरबाट तल ३०/४० मिटर तल खसेको थियो । वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक पोख्रेलले बताए ।

‘वडा कार्यालयबाट निस्किए पनि उहाँ बिहीबारदेखि घर पुग्नुभएको रहेनछ, आज भिरबाट लडेको अवस्थामा शव भेटियो’, उनले भने । उनका अनुसार शवको मुचुल्का गरेर शवपरीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी गरिएको छ । वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

गाउँपालिकामा शोक बिदा

तनहुँको देवघाट गाउँपालिकाले वडा नं. ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य कीर्तिमान आलेको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएका आलेको शोकमा गाउँपालिकाले फागुन १६ गते शोक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट शोक बिदा दिने निर्णय भएको सूचना अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए । उक्त दिन गाउँपालिकाको कार्यालय र अर्न्तर्गतका कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker