पत्रकार कल्याणकारी कोषमा न्यौपानेद्वारा आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका-१ गल्बुबेशी निवासी प्रदीप न्यौपानेले आर्थिक सहयोग गरेका छन् । न्यौपानेले कोषका लागि सोमबार २ हजार ५११ रुपैयाँ महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई हस्तान्तरण गरेका हुन् । लामो समय पत्रकारीता क्षेत्रमा क्रिायशिल न्यौपाने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन ।
संचार क्षेत्र र संचारकर्मीहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा स्थापना गर्नु राम्रो काम भएको न्यौपानले बताए । नेपाल पत्रकार महासंघ तनहुँको यही जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेच्क्षछुक, सहयोगी संस्था र व्यक्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको महासंघ तनहुँले जनाएको छ ।










