जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा स्वाब संकलनको व्यवस्था मिलाउन माग

भञ्ज्याङ समाचारदाता/दमौली

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले स्वाबको दायरा बढाउन गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयसंग अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बुधबार गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका कर्मचारी सहित बसेको बैठकले उक्त अनुरोध गरेको हो ।

स्वाब संकलनको दायरा बढाउन हप्ताको कम्तिमा तीन दिन गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाई स्वाब संकलनको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । स्थानीय तहहरुको प्रत्येक वडाको स्वास्थ्य कार्यालयले जोखिमको क्षेत्र पहिचान गरी प्रदेशलाई जानकारी गराउनेछन् ।

जिल्लाका स्थानीय तहहरु मार्फत स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाइएको स्वाबको रिपोर्ट ढिला आउँदा संक्रमण समुदायमा फैलिने भएकाले छिटो नतिजाको व्यवस्था गर्न अनुरोध गरिएको प्रशासन कार्यालयका अधिकृत राममणि मिश्रले जानकारी गराएका छन् ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मोहदत्त ढकाल, कन्सल्टेन्ट डा. ज्योति रानाभाट, नर्सिङ प्रशासक बविना कोइराला, दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेल स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारी लगायतको सहभागिता रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker