भिडियो एक्स-रेको प्रयोग गरी पशुको उपचार

भञ्ज्याङ समाचारदाता/दमौली

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले भिडियो एक्स-रे मेशिनको प्रयोग गरी साना पशुहरुको उपचार सेवा प्रवाह गरेको छ । कार्यालयले यो मेशिनको प्रयोग गरी साना पशुहरुमा देखिने रोगहरु निदानको लागि सहज भएको जनाएको छ ।

विशेष गरी कुकुर, बाख्रा जस्ता साना पशुमा देखिने पत्थरी जस्ता रोगहरु पहिचान गरी निदान गर्न भिडियो एक्स-रे मेशिनको प्रयोग गर्ने गरेको कार्यालयका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । उनले भने, ‘गाई भैंसी जस्ता ठुला पशुहरुमा बाझोपन निवरण तथा अन्य रोगको पहिचानमा यो मेशिन उपयोगी भएको छ । यो प्रविधिलाई रेक्टर प्रोप भन्छन यसलाई गुद्वार भित्र राखेर पाठेघरमा भएका बिकृतिका उपचारमा सहज भएको छ ।’

यस्तै, कार्यालयले बहुवर्षीय योजना अन्तरगत मोडल भेटेरिनरी अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । अस्पताल निर्माणका लागि ठेक्का लागि सकेको र १८ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको प्रमुख डा. श्रेष्ठले बताए । अस्पताल निर्माण पश्चात तनहुँ जिल्ला सहित आसपासका छिमेकी जिल्लाका पशुपालक कृषकहरुलाई आफुले पालेका पशुमा देखिने स्वास्थ्य सम्बन्धी समस्या निवारण, रोग नियन्त्रण गर्न सहयोग पुग्ने बताइएको छ । करिब १० करोड रुपैयाँको लागतमा अस्पताल निर्माण गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker