तनहुँ भएर बग्ने नदीहरुमा पानीको वहाव उच्च, बाढी र पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन प्रशासनको आग्रह

भञ्ज्याङ समाचारदाता/दमौली

सोमबार साँझदेखि परेको अविरल झरिका कारण तनहुँ भएर बग्ने ठूला तथा साना नदीहरुमा पानीको वहाव उच्च भएर गएको छ । मादी, सेती, मर्स्याग्दी नदी तथा अन्य खहरे खोलाहरुमा पनि पानीको वहाब बढ्दै गएको छ ।

निरन्तर पानी परिरहेको र नदी तथा खोलाहरुमा बाढी आएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले असार १, २ र ३ गते भारी वर्षाको सम्भावना रहेको जनाएसंगै तनहुँका १० वटै स्थानीय तहले सम्भावित जोखिमलाई न्यूनिकरण गर्न आवश्यक तयारी समेत गरेको प्रमुख जिल्ला अधिकारीले सागर आचार्यले बताए । स्थानीय प्रशासनले बाढी, पहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी र खोलाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ, दाउरा संकलन गर्ने लगायतका कुनै पनि कार्यहरु नगर्न अनुरोध गरेको छ ।

तनहुँ जिल्ला पहिरोको उच्च जोखिम रहेको छ । गत वर्ष तनहुँमा पहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो । यस वर्ष पनि पहिरोको जोखिम बढ्ने भन्दै सबै स्थानीय तहका वडावडा तहसम्म तत्काल उद्धार प्रतिकार्य टिम गठन गरी तयारी अवस्थामा राखिएको प्रजिअ आचार्यले बताए । यस्तै, स्थानीय प्रशासनले मनसुनजन्य विपत प्रतिकार्य योजना स्वीकृत गरी १० वटै पालिकाहरुलाई कार्यान्वयनका लागि पठाएको छ ।

विपद व्यवस्थापन कोषमा आवश्यक रकम व्यवस्थापनका लागि गृहमन्त्रालयलाई अनुरोध गरिएको छ भने प्रदेश सरकारलाई पनि उपयुक्त सहयोग व्यवस्थान गरिदिन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन्।

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालद्वारा मंगलबार जारी सूचनामा बाढी पहिरो हुने क्षेत्रमा नजान, नदी किनारमा नजान तथा पौडी नखेल्न भनिएको छ । कुनै आपतकालिन समस्या देखिएका खण्डमा जिल्ला आपतकालिन केन्द्रको ०६६५६११६१, प्रजिअको ९८५६०६७७७७, प्रहरी प्रमुखको ९८५६०६५५५५ तथा सहायक प्रजिअको ९८५६००११११ मा खबर गर्न प्रशासनले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले यस अघि नै देशमा मनसुन सुरु हुने र भारी वर्षा हुनसक्ने संकेत गरिसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker