नयाँ वर्षमा दमौलीमा सांगितक साँझ हुने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा नेपाली नयाँ वर्षको अवसरमा सांगितिक साँझ (कन्सर्ट) हुने भएको छ । होटल व्यवसायी संघ तनहुँले नयाँ वर्षको अवसरमा साङ्गतिीक साँझ गर्न लागेको हो ।

२०७८ साललाई विदाई गर्दै २०७९ साललाई स्वागत गर्न कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष दुर्गाविलास भट्टराइले बताए ।

कार्यक्रमका विषयमा जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघ अध्यक्ष भट्टराइले कोभिडले थला परेको होटल व्यवसायको प्रबर्धनका लागि कार्यक्रम गर्न लागिएको बताए ।

संघले २०७६ साललाई विदाई गर्दै २०७७ साललाई स्वागत गर्न कार्यक्रम गरेपनि त्यसपछि कोभिडका कारण कार्यक्रम गर्न नसकिएको र सोही कार्यक्रमको निरन्तरता लागि कार्यक्रम आयोजना गरिएको भट्टराइले बताए ।

‘अनुभव विनापनि पहिलो पटक कार्यक्रम गरेका थियौ, अहिले केही अनुभव हासिल भएको छ,’ उनले भने, ‘नयाँ वर्षका अवसरमा युवायुवतीलाई दमौलीमा नै मनोरञ्जन दिने हाम्रो उद्देश्य हो । नयाँ वर्ष मनाउन पोखरा, सौराहा, बन्दिपुर जाने चलन छ, यही मनोरञ्जन दिने हाम्रो लक्ष्य छ ।’

कार्यक्रममा करिब पाँच हजार दर्शक रहने अनुमान गरिएको छ। महोत्सवबाट बचेको रकम सामाजिक काममा खर्च गरिने बताइएको छ । चर्चित व्याण्ड ‘कववेव’को प्रस्तुती रहने कार्यक्रमका लागि ३०० र ३५० को टिकटको व्यवस्था गरिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker