आँवुखैरेनी अस्पतालले डायलसिस र सुत्केरी सेवाको अनुमती पायो

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागि स्वीकृति दिएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानसहितका जनप्रतिनिधिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको सेवा वृद्धिमा सघाउने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार मन्त्री पौडेलले मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखामार्फत अस्पताललाई स्वीकृति दिन भनेका थिए । अनुगमनपश्चात हालै स्वीकृति प्राप्त भएको जानकारी प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस पहलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेललाई धन्यवाद ज्ञापन गरेका छन् । यो सेवा थपिएपछि सुत्केरीको शल्यक्रिया सेवाका लािग बजारबाहिर जानु पर्ने अवस्था हट्ने उनले बताए ।
मन्त्री पौडेलले अस्पतालमा डायलसिस सेवाका लागि समेत अनुमति दिलाएका थिए । अस्पतालका लागि आवश्यक केही उपकरणसमेत मन्त्रालयले उपलब्ध गराइसकेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker