तनहुँमा मतदाता नामावली संकलन गरिने

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला निर्वाचन कार्यालय तनहुँले जिल्लाका नौ वटा पालिकामा दुइ चरणमा मतदाताको नामावली संकलन गर्ने भएको छ । कार्यालयले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गर्ने गरी तयारी गरेको जानकारी गराएको छ । कार्यालयले मंसिर १७ गतेदेखि २६ गतेसम्म भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाबाट मतदाता नामावली संकलन गर्ने भएको छ । यस्तै कार्यालयले मंसिर २९ देखि पुस ९ गतेसम्म ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, आँवुखैरेनी गाउँपालिका, भानु नगरपालिकाको कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने तयारी गरेको जिल्ला निर्वाचन अधिकृत हर्रि्रसाद ढकालले जानकारी गराए ।

कार्यालयले व्यास नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय तनहुँ र जिल्ला निर्वाचन कार्यालय रहेको दर्ता स्थलबाट मतदाता नामावली संकलन हुँदै आएको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले जिल्लाको स्थायी नागरिक विभिन्न पेशा र रोजगारको शिलशिलामा तनहुँमा बसोबास गरेका नागरिकले पनि आफ्नो स्थायी बसोबासको स्थानमा मतदाता नामावलीरहने गरी जिल्ला निर्वाचन कार्यालयमा गएर मंसिर १७ गतेदेखि नामावलीमा नाम दर्ता गर्न सकिने भएका छन् ।

निर्वाचन कार्यालयले बुधबार राजनीति दल र सरोकारवालासंग मतदाता नामावली संकलन गर्ने विषयमा छलफल गरी सहयोग गरिदिन आग्रह गरेको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मतदाता नामावली संकलन अभियानमा सबैले साथ सहयोग गर्नुपर्ने बताए । उनले भने ‘कोही नछुट्ने गरी मतदाता नामावली संकलन अभियान सुरु हुँदैछ ।’ जिल्लामा गत कार्तिक मसान्तसम्म २ लाख २९ हजार ८६३ मतदाता सूचिकृत भएको जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker