बन्दीपुर अस्पतालको स्वास्थ्य शिविर : सुकौराका ६९ जना सेवाग्राही लाभान्वित

तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर अस्पतालको समन्वयमा महिनामा एक दिन सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम अन्तर्गत बन्दीपुर–३ स्थित सुकौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न गरेको छ । उक्त शिविरमा स्थानीय ६९ जना सेवाग्राहीले उपचार सेवा लिएका छन् ।

बुधबार आयोजित कार्यक्रममा बन्दीपुर अस्पतालबाट खटिएका चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको अस्पतालका प्रमुख अनिल गिरीले जानकारी गराए ।

उनका अनुसार उक्त कार्यक्रममा डा. सुश्मिता खड्का क्षेत्री, सि.अ.हे.ब. लक्ष्मी ढकाल तथा सो स्वास्थ्य संस्थाकी प्रमुख सृजना ओलियासहित सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्य परीक्षण गराइने सेवाग्राहीमध्ये महिला ४७ जना र पुरुष २२ जना रहेका थिए ।

यसैबीच, नागरिकहरूको बन्दीपुर अस्पतालसम्मको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको महिनामा एक दिन निःशुल्क यातायात (बस) सेवा कार्यक्रम अन्तर्गत यही शुक्रबार सुकौरा स्वास्थ्य सेवा केन्द्रदेखि बन्दीपुर अस्पतालसम्म दुईतर्फी निःशुल्क बस सेवा समेत सञ्चालन हुने बन्दीपुर अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार आउँदो साता मंगलबार साराङ्घाट र बुधबार धरमपानीस्थित स्वास्थ्य संस्थामा चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने भएको छ । साथै, सोही शुक्रबार धरमपानीबाट बन्दीपुर अस्पतालसम्म दुईतर्फी निशुल्क बस सेवाको व्यवस्था गरिने भएको छ ।

कार्यक्रमबाट लाभ लिन पायक पर्ने सबै नागरिकलाई जानकारी गराउन बन्दीपुर अस्पतालले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker