तनहुँको म्याग्देलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

तनहुँको म्याग्दे गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएपछि आइतबार एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

म्याग्दे गाउँपालिका-३ स्थित पसले आधारभूत स्वास्थ्य केन्द्र, किल्चोक सामुदायिक स्वास्थ्य इकाइका कर्मचारीले घरधुरी र्सर्वेक्षण गरी पूर्ण खोप पाएको सुनिश्चितता पश्चात् पालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

उक्त कार्यक्रममा उपस्थित सबैले आगामी दिनमा समेत अभियानको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले घोषणामात्रै ठूलो कुरा नभएकाले यसको दिगोपना महत्वपूर्ण रहेको बताए ।

स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले प्रत्येक वर्षबालबालिकाले पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने प्रावधान रहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker