स्ववियु निर्वाचन : आदिकविको सभापतिमा चार जनाको उम्मेदवारी
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचनका लागि चार जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
आगामी चैत ५ हुने स्ववियु निर्वाचन अर्न्तर्गत शनिबार मनोनयन दर्ता रहेकोमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले संयुक्त प्यानल दर्ता गरेको छ भने अनेरास्ववियुले एकल उम्मेदवारी दर्ता गरेको छ ।
अनेरास्ववियुबाट सभापतिमा सविन लामिछाने, सचिव शिव विश्वकर्मा, कोषाध्यक्ष आशिष पौडेल र सदस्यहरुमा आयुस गुरुङ, संगम सुर्खाली, संगिता थापा, अनुप पन्थ, धु्रव विक, करुणा ढकाल, सुनिता विक र रफिक मियाँको उम्मेदवारी दर्ता गरिएको छ ।
यस्तै, नेविसंघ तथा अखिल क्रान्तिकारी संयुक्त प्यानलबाट सभापतिमा गौरव पन्थ, सचिव अनुप आले मगर, कोषाध्यक्ष दिनेश विश्वकर्मा र सदस्यहरुमा प्रवेश चन्द, सुस्मिता श्रेष्ठ, कोपिला विक, निलिमा थापा, विकास थापा, सुनिल रानाभाट, प्रमिशा शाही र अर्चनाकुमारी शाहको उम्मेदवारी दर्ता गरिएको छ ।
(अनेरास्ववियु) र (क्रान्तिकारी)बाट सभापतिमा विशाल रुचाल, सचिवमा राहुल नेपाली, कोषाध्यक्षमा समिता विक र सदस्यहरुमा पर्वतबहादुर सेढाइ, अशोक रुचाल, योगेन्द्र थापा, सुशान्त थापा, अनिता गुरुङ, बसन्त थापा, सुजन खड्का र सविता नेपालीको उम्मेदवारी दर्ता भएको छ । यस्तै स्वतन्त्र रुपमा सुनिल मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।










