तनहुँको बन्दीपुर –५ स्थित चन्द्रपुरी गढीको पुनःनिर्माण

पहाडकी रानी उपनामले परिचित बन्दीपुर गाउँपालिका–५ स्थित चन्द्रपुरी गढी संरक्षणको अभावमा अलपत्र बन्दै गएपछि संरक्षण गरिएको छ । गाउँपालिकाको रु पाँच लाख लागतमा गढीको पुनःनिर्माण गरी संरक्षण गरिएको हो ।

बाइसे–चौबीसे राज्यका पालामा रहेको गढी लामो समयदेखि भग्नावशेषका रूपमा रहेकाले पुनःनिर्माण गरी संरक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । दरबारमा ढाल, खुँडा, तरबार हराउँदै गएकाले गाउँपालिकाले त्यसको संरक्षण गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्य राखेको छ । चन्द्रकोट गढीको इतिहासको खोजी गरी पर्यटकीयस्थलका रूपमा प्रचारप्रसार गर्न आवश्यक देखिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

गाउँपालिकाले गढीसम्म पुग्ने पैदलमार्ग निर्माण गरेर सहजरूपमा आवतजावतको व्यवस्था मिलाउन लागेको छ । गढी पुरातात्विक महत्व बोकेको स्थान भएकाले पुनःनिर्माण गरी संरक्षण गरिएको गाउँपालिकाले जनाएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि केही समयअघि कार्यपालिकाको ९०औँ मोबाइल बैठक सोही स्थानमा राखिएको अध्यक्ष थापाले बताउनुभयो ।

त्यसैगरी गाउँपालिकाले गाउँपालिकाभित्रका पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम तथा कार्यपालिकाको बैठक राख्दै आएको छ । त्यसैगरी वडा नं २ स्थित थानीमाई मन्दिरबाट सुरु गरी मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करिब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ ।

गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनीग्रेटवालमा पर्यटकको आर्कषण बन्दै गएको हो । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker