तनहुँको शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा आज यात्रुबाहक टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार लामागाउँबाट दुलेगौंडातर्फ आउँदै गरेको लु.प्र.०२–००१ ज ०२३१ नम्बरको टाटा सुमो सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धन नारायण श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरीसहित ९ जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नौ जनाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारा र तीन जनाको तनहुँ सेवा अस्पताल, दुलेगौंडामा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

दुर्घटनामा सुमो चालक, शुक्लागण्डकी नगरपालिका–१२ निवासी ४८ वर्षीय केशबहादुर सुनार मध्यम घाइते भएका छन् भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रनाउ घिमिरेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker