विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघ तनहुँद्वारा प्रभातफेरी

दमौली : विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आइतबार दमौलीमा प्रभातफेरी आयोजना गरेको छ।

व्यास नगरपालिका–३ स्थित अनसन चौतारीबाट सुरु भएको प्रभातफेरी सफा सडक र न्युरोड हुँदै पुनः अनसन चौतारीमै पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीले विभिन्न चुनौतीका बाबजुद पनि नेपाली प्रेसले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको बताए।

यसैगरी, महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले सञ्चारमाध्यममाथि सरकारकै तर्फबाट सिन्डिकेट लगाउने प्रयास भइरहेको आरोप लगाए।

कार्यक्रममा महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, सल्लाहकार नारायण खड्कालगायत पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker