तनहुँको तनहुँसुर दरबार परिसरमा नेपाली सेनाद्वारा सरसफाइ

तनहुँको ऐतिहासिक स्थल तनहुँसुर दरबार परिसरमा नेपाली सेनाको एक टोलीले सरसफाई गरेको छ । तनहुँको व्यास नगरपालिका-५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गण (इ) ले ऐतिहासिक तनहुँसुर दरबार परिसर सरसफाइ गरेको हो ।

गणतन्त्र दिवसको अवसर पारेर गणले आज बिहान व्यास नगरपालिका-११ स्थित तनहुँसुर दरबार परिसरमा सरसफाइ गरेको छ । तनहुँसुर ऐतिहासिक तथा पर्यटकीय स्थल भएको र यसको सुन्दरतालाई कायम राख्नका लागि सेनाको टोलीले सरसफाइ गरेको बताइएको छ ।

सेनाको टोलीले दरबार, खड्गकाली मन्दिर आसपास सरसफाइ गरेको गणका सेनानी कुसुम पहारीले बताए । गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउने निर्णय भए बमोजिम सेनाको टोलीले ऐतिहासिक स्थलमा सरसफाइ गरेको उनले बताए ।

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अप्रभंस भएर रहेको भन्ने किम्वदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले २३० वर्षतनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker