नवौं राष्ट्रिय विज्ञान दिवस : शैक्षिक कार्यक्रमलाई थप सहयोग गर्ने व्यासका मेयरको प्रतिवद्धता

भञ्ज्याङ न्यूज

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा नवौं राष्ट्रिय विज्ञान दिवस २०७८ मा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा विज्ञान विषय अध्यन गर्ने नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत, विज्ञान मेमोरी टेस्ट प्रतियोगिता र विज्ञान क्लवको चौथो अधिवेशन गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले केक काटेर कार्यक्रमको उद्घाटन गर्दै विज्ञान विषयमा स्नातक र स्नातकोत्तर तहको थप शैक्षिक कार्यक्रम सञ्चालनका लागि व्यास नगरपालिकाले क्याम्पसलाई आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उक्त अवसरमा शिक्षाशास्त्र संकायका सहायक डिन प्राध्यापक डा. बिष्णु खनालले क्याम्पसले सञ्चालनमा ल्याएको स्नातक तहको विज्ञान शिक्षा कार्यक्रमले शैक्षिक जनशक्तिको आवश्यकता पूरा गर्नमा पुराएको मद्दत प्रति चर्चा गरेका थिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जलवायु परिवर्तनका कारण सिर्जना भएका समस्याको समाधानका लागि विज्ञान र वातावरणको साझ भएको शैक्षिक जनशक्ति आवश्यकता रहेको बताउँदै क्याम्पसले विज्ञान र प्रविधिको उच्च शिक्षाको कार्यक्रम संचालन गर्नमा जोड दिनुपर्ने सुझाएका थिए ।

क्लबका अध्यक्ष श्रद्धा खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस संचालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुखमा महा प्रसाद हड्खले, सहायक क्याम्पस प्रमूख डा. रामकुमार अधिकारी, प्रविधि विभागका प्रमुख राजन घिमिरे, प्राध्यापक संघ क्याम्पस इकाई अध्यक्ष विजयराज खनाल, अंग्रेजी विभागका प्रमुख लालप्रसाद भट्टराइ, कक्षा ११/१२ का कार्यक्रम संयोजक चिरन्जीवी बस्नेत, क्लबका संस्थापक अध्यक्ष होमनाथ ढकाल, स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष सुदर्शन पोखरेल, एविआइटि क्लबका अध्यक्ष विकल श्रेष्ठ, जीवन सेवा अभियानका संस्थापक अध्यक्ष राजेश श्रेष्ठ र अभियानकी वर्तमान अध्यक्ष पुजा सुनार लगायतले विज्ञान दिवसका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

दिवसका अवसरमा आयोजित मेमोरी टेस्ट प्रतियोगितामा स्नातकत तह तृतीय वर्षविज्ञान शिक्षाकि छात्रा केसिका थापा प्रथम, स्नातक दोस्रो वर्षा रोशन र्घर्ती र कक्षा ११ विज्ञानकी छात्रा अनिता पन्थ द्धितीय र स्नातक दोस्रो वर्षविज्ञानकि अस्मिता दर्राईले तृतीय स्थान हासिल गरेका थिए । मेमोरी टेस्ट प्रतियोगीता कायक्रमको संयोजन विज्ञान तथा प्रविधि विभागका सदस्य रुपक श्रेष्ठले गरेका थिए ।

सो अवसरमा स्नातक तह प्रथम वर्षमा विज्ञान शिक्षा र कक्षा ११ विज्ञान समूहमा नयाँ भर्ना भएका २१५ जना नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।

यस्तै, क्लवको चौथो अधिवेशन पनि गरिएको छ । अधिवेशनको बन्दसत्रमा क्लवका सचिव अभिषेक सापकोटा र कोषाध्यक्ष संगीता श्रेष्ठले प्रस्तुत गरेको क्लबको बाषिर्क गतिविधि र आर्थीक प्रतिवेदनलाई छलफल पछि पारित गरिएको छ ।

स्नातक तह तेस्रो वर्षविज्ञान शिक्षाका छात्र अनिल रानाभाटको नेतृत्वमा क्लवको १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । क्लवको उपाध्यक्ष स्नातक दोस्रो वर्षविज्ञान शिक्षाकी पूजा श्रेष्ठ, सचिव तेस्रो वर्षी मनिषा गुरुङ, सहसचिव प्रथम वर्षा आदर्श बानिया र कोषाध्यक्ष तेस्रो वर्षा बसन्त श्रेष्ठ निर्वाचित भएका छन भने सदस्यहरुमा चौथो वर्षविज्ञान शिक्षाका छात्र सन्देश अधिकारी र छात्रा वन्दना आधिकारी, तेस्रो वर्षा कविता सर्ुखाली र यमुना श्रेष्ठ प्रथम वर्षा विनोद सुवेदी र मनिता अधिकारी, कक्षा १२ विज्ञान समूहकी अनिता पन्त र सुमित्रा खवास र कक्षा ११ विज्ञानकि छात्र प्राप्ति न्यौपाने र मोनिका सुनार रहेका छन् ।

यस्तै, क्याम्पसमा शुक्रबार बिहान एमबिएस प्रथम सेमेस्टरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको नीतिनियम र विद्यार्थी सहायता सम्बन्धी विषयमा अभिमुखीकरण गरेका थिए ।

निवर्तमान क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, सहायक क्याम्पस प्रमुख डा राम कुमार अधिकारी, विभागीय प्रमुख रामभक्त घिमिरे, शोध तथा अनुगमन समितिका संयोजक जनक काफ्लेले सहजिकरण गरेका थिए ।

विभाग प्रमुख रामभक्त घिमिरेको संयोजकत्वमा आयोजित कार्यक्रममा यसवर्षक्याम्पसमा ८० जना २. २. विद्यार्थीहरुले एमविएस प्रथम वर्षो प्रवेश परिक्षामा सहभागिता जनाएका थिए भने ५५ जना विद्यार्थीहरु प्रथम सेमेस्टरमा भर्ना भइसकेको जानकारी गराइएको थियो । प्रथम सेमेस्टरमा भर्नाको अन्तिम म्याद असोज ४ गतेसम्म तोकिएको छ । नियमित कक्षा आगामी असोज ४ गतेबाट बिहान ६ बजेदेखि ९ बजेसम्म तोकिएको क्याम्पसले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker