रैथाने खाजा बनाउने तालिम

तनहुँको आँवुखैरेनी गाउँपालिकाले घरायसी र गृहणी कार्यमा सिमित रहेका महिलाहरुलाई लक्षित गरी सञ्चालन गरेको रैथाने खाजा बनाउने तालिममा सहभागिहरु ।
गाउँपालिकाको आ.व. २०८१/०८२ को उद्यम विकास शाखा तर्फको वार्षिक स्वीकृत उद्यम विकास कार्यक्रम अन्तर्गत घरायसी र गृहणी कार्यमा मात्र सिमित रहेका महिलाहरुलाई उजागर गरी उनीहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरेको पाँच दिने तालिममा स्थानीयस्तरमै उत्पादित कृषि उपजको क्यान्डी बनाउने तालीम प्रदान गरेको छ ।

तालिममा सहभागि महिलाहरुले स्थानीयस्तरमै उत्पादिन वस्तुहरुबाट विभिन्न प्रकारका क्यान्डी तथा खाजाका परिकारहरु बनाउने सीप सिकेका छन् । तस्विर : भञ्ज्याङ










