एकल महिलालाई म्याग्देले रातो टिका र पछ्यौरा उपहारदिने

भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गाउँपालिकाका एकल महिलाहरुलाई रातो टिका र पछ्यौरा दिएर सम्मान गर्ने भएको छ । मारच ८ अर्थात फागुन २४ गते मनाइने दिवस तयारी बैठकले उक्त निर्णय गरेको हो । यस्तै, दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २१, २२ र २३ गते माध्यमिक तह स्तरीय छात्रा फुटबल प्रतियोगिता गर्ने भएको छ भने फागुन २४ गते एकल महिलालाई सम्मान गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी गराइन् ।

दिवस तयारी बैठकमा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले अन्यत्र भन्दा फरक र प्रभावकारी कार्यक्रम गर्ने गरी दिवस मनाउने तयारी गरिएको बताए । त्यस्तै, गाउँपालिका स्तरीय मावि छात्रा फुटबल प्रतियोगितामा प्रथमलाई १० हजार, द्धितीयलाई ८ हजार र तृतीयलाई ५ हजार रुपैयाँ नगद, ट्रफी, मेडलद्वारा पुरस्कृत गर्ने गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker