बन्दीपुरमा तेश्रो अध्यक्ष कप २०८२ “ब्याडमिन्टन प्रतियोगिता”

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष कप २०८२ ब्याडमिन्टन प्रतियोगिता शनिबार  सम्पन्न भएको छ । गाउँपालिका वडा नं ४ स्थित तीनधारा ब्याडमिन्टन कोर्टमा सम्पन्न प्रतियोगितामा बन्दीपुर भित्रका १८ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
खेलकुद शाखाका संयोजक रवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरकारी निकायका कर्मचारी, भूपू सैनिक, युवा खेलाडीहरू तथा स्थानीय खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतियोगितामा योगेश गुरुङ र कृष्ण बहादुर थापाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हात पा¥यो । विजेता टिमलाई नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै, मंगेश गुरुङ र रोजन थापाको टिम द्वितीय स्थानमा रहँदै नगद १३ हजार ३५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सुमन खत्री र टोपबहादुर अधिकारीको टिम तृतीय स्थानमा रहँदै नगद ६ हजार ७ सय रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।
भीमबहादुर घले र अर्जुन थापाको टिमले सान्त्वना पुरस्कार स्वरूप नगद २ हजार ७ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भीम लामिछानेका अनुसार बन्दीपुरमा यस प्रकारको ब्याडमिन्टन प्रतियोगिता पहिलोपटक आयोजना गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले यसअघि भलिबल, फुटबल लगायतका प्रतियोगिता हुँदै आएकोमा अबदेखि अन्य खेलहरूमा पनि जोड दिने बताए। उनले आगामी दिनमा अन्य खेलकुद गतिविधिलाई समेत प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा उपाध्यक्ष पञ्चमाया गुरुङले स्वास्थ्यका लागि खेलकुद अत्यन्तै आवश्यक रहेको बताउँदै खेलाडीहरूलाई प्रोत्साहित गर्न यस्ता प्रतियोगिता नियमितरूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिइन् ।
प्रतियोगिताको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले गरेका थिए। उनले सबै खाले खेलकुद गतिविधिहरूमा गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिवद्धता जनाए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker