बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रमको प्रभावकारीताको समिक्षा

दमैली : बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रमअन्तर्गत जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सोमबार दमौलीमा सम्पन्न भएको छ । रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लबको व्यवस्थापनमा तनहुँका २६ विद्यालयमा सञ्चालित कार्यक्रमको प्रगति, प्रभाव र आगामी योजनाबारे समीक्षा गर्न बैठक आयोजित गरिएको हो ।

बैठकमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कार्यक्रम अत्यन्त प्रभावकारी भएकाले जिल्लाका सबै पालिकाका विद्यालयमा विस्तार गर्न सुझाव दिए । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कार्यक्रमको दिगोपन तथा यसको दीर्घकालीन प्रभावका विषयमा विचार व्यक्त गरे ।

कार्यक्रम व्यवस्थापक खड्गबहादुर कुँवरले स्वागत गरेका कार्यक्रममा शिक्षा तालिम केन्द्र तनहुँका प्रमुख नेपालहरि रानाभाट, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, जिल्ला समन्वय अधिकारी प्रकाशराज पौडेल, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, रूम टु रिडका प्रतिनिधि नित्यनन्द पाण्डे, कलावती बिमलीलगायतले बालिका शिक्षा कार्यक्रममा सहभागी बालिकाको व्यवहार र सिकाइमा उल्लेख्य सुधार आएको धारणा राखे ।

कार्यक्रमका उद्देश्य र हालसम्मको अवस्था

“सम्मान र समुन्नत समाजको सिर्जना” भन्ने नाराका साथ बालिकामा पठन–सिप तथा पढ्ने बानी विकास गर्ने, माध्यमिक शिक्षासम्म निरन्तरता दिलाउने तथा जीवनका महत्त्वपूर्ण निर्णय लिन सक्ने सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको सूर्योदय क्लबका अध्यक्ष द्रोणाचार्य तिमिल्सिनाले जानकारी दिए ।

सूर्योदय बाल क्लबकी लक्ष्मी नेपालका अनुसार तनहुँमा शुक्लगण्डकी नगरपालिकाका ८, व्यास नगरपालिकाका ६, भिमाद नगरपालिकाका ४, म्याग्दे गाउँपालिकाका ४, बन्दीपुर गाउँपालिकाका २ तथा भानु नगरपालिका र ऋषिङ गाउँपालिकाका एक–एक गरी २६ विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको र यसबाट २ हजार ६९ बालिका प्रत्यक्ष लाभान्वित बनेको बताइएको छ ।

यस्तै, यस वर्षदेखि कक्षा ६ का बालकहरूलाई पनि जीवन उपयोगी सीप कार्यक्रममा सहभागी गराउन थालिएको सूर्योदय क्लबका रेशमलाल श्रेष्ठले बताए ।

सहभागी बालिका तथा अभिभावकहरूले यस कार्यक्रममा सहभागि भएपछि आत्मविश्वास वृद्धि, नेतृत्व क्षमतामा सुधार, जीवन उपयोगी सीपमा वृद्धि, सम्मान गर्ने संस्कारको विकास, साथीबीच सहकार्य भावनामा वृद्धि, अतिरिक्त क्रियाकलापमा सक्रियता, पढाइमा सुधार, सिकेका कुरा अरूलाई सिकाउने व्यवहार, समस्या समाधानमा स्वयं अग्रसर, यौन दुर्व्यवहारबारे सचेतना वृद्धि भएको प्रतिक्रिया दिएका थिए ।

उक्त बैठकले कार्यक्रमको दायरा अझ विस्तार गर्दै प्रभावकारी रूपमा निरन्तरता दिन सम्बन्धित निकायहरूको समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker