तनहुँको बन्दिपुरमा साढे तीन करोडको लागतमा फनपार्क निर्माण
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुरमा होटलसंगै फनपार्क निर्माण गरिएको छ । करिब साढे तीन करोड रुपैयाँको लागतमा होटलसँगै फनपार्क निर्माण गरिएको हो । बन्दिपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए ।
फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा फोटो खिच्न आकर्षक संरचना तयार गरिएको छ । यस्तै २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हलसहितको होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विदेशमा मनोरञ्जनका लागि प्रशस्त स्थानको व्यवस्था गरिएतापनि नेपालमा त्यस्तो संस्कृतिको विकास नभएकाले त्यो संस्कारको विकास गर्न लागिएको अर्का सञ्चालक राजीव श्रेष्ठले बताए ।










