स्थानीयको सक्रियतामा सडक मर्मतसुधार

तनहुँको श्रङ्गपथको भिमाद–धेनुङ देउराली खण्ड बाढीपहिरोका कारण भत्किएपछि स्थानीय सहभागितामा सडक मर्मत सुधार अभियान चलाइएको छ ।

३५ वर्ष पुग्दासमेत श्रृङ्गमार्ग स्तरोन्नतीका लागि कुनै पनि जनप्रतिनिधिले त्यसलाई व्यवहारमा उतार्न पहल नगरेका कारण ऋषिङ, घिरिङ गाउँपालिका र भिमाद नगरपालिकाका युवाहरू एकजुट भएर ‘हामी बनाउँछौँ हाम्रो श्रङ्गपथ’ भन्ने उद्घोषका साथ अब अरूको प्रतीक्षा होइन, आफ्नै पहलमा बाटो बनाउने समय आएको भन्दै सडक निर्माणमा श्रमदान गरेका छन् ।

यस्तै, यस अभियानलाई सफल बनाउन श्रमदानका लागि आवश्यक सामग्री (ठेला, कोदाली, बेल्चा, साउन्ड सिस्टम, पन्जा, बुट आदि) तथा खाजा–पानी सहयोग गर्न इच्छुक महानुभावहरूलाई ‘तपाईको साथ, हाम्रो शक्ति’ भन्दै सहयोग गर्न अपिल गरिएको छ ।

तस्विर : भञ्ज्याङ










