तनहुँका लाभग्राही किसानले गरे सम्झौता

कृषि ज्ञान केन्द्र तनहुँले एक सय आठ लाभग्राही किसान छनोट गरेकोमा ६४ जनाले सामान खरिद गरी कार्यालयसँग सम्झौता गरेका छन्। कार्यालयले किसानको उत्पादन लागतमा कमी गराइ उत्पादनमा वृद्धि गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको हो । हाते ट्रयाक्टर ६२, कुटानीपिसानी २८, ग्रास कटर चार, पावर टि्रलर तीन, मकै छोडाउने मेसिन दुइ, खाडल खन्ने यन्त्र दुइ लगायतका सामग्री किसानलाई अनुदानमा प्रदान गरिएको हो ।

सुरुमा किसानसँग निवेदन माग गरी कार्यालयबाट स्थलगत अनुगमन गरेपश्चात् अनुदान मूल्याङ्कन तथा सिफारिस समितिको संयोजकत्वको बैठकबाठ सदर भएपछि किसानलाई सामग्री खरिद गर्न अनुमति प्रदान गरिनेछ। सुरुमा किसानले आफ्नो पूरै लगानीमा सामान खरिद गरेर ल्याएपछि कार्यालयले ५० प्रतिशत रकम किसानको खातामा पठाइदिने व्यवस्था रहेको छ । बाँकी रहेका अन्य किसानले पनि सामान खरिद प्रक्रियामा रही सम्झौता गर्न आउने तयारीमा रहेको कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिनुभयो ।

कृषियन्त्र तथा उपकरण कार्यक्रमको लागि रु ५६ लाख बजेट विनियोजन भएकोमा पहिलो चरणाको लागि रु ३८ लाख खर्च भई रु १८ लाख बचत भएकाले पुनः दोस्रो चरणको १५ दिने सूचना प्रकाशित गरिएको उहाँले बताउनुभयो । दोस्रो चरणको कार्यक्रममा जोत्ने मेसिनलाई प्राथामिकतामा राखिएको छ । उहाँले भन्नुभयो, “उक्त बजेटले धानेसम्म किसानलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराइनेछ।”

किसानलाई अनुदानमा कृषियन्त्र तथा उपकरण कार्यक्रम अन्तर्गत कृषि सामग्री प्रदान गर्न थालेपछि व्यावसायिक तरकारी तथा फलफूलखेती तर्फमानिसको आकर्षण बढ्न थालेको छ । जोत्ने मेसिन दिएपछि बाँझो जग्गा प्रयोगमा ल्याउने र उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न सहज हुन्छ भन्ने उद्देश्यले मेसिन प्रदान गरिएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो। जमिन जोत्न प्रयोग गरिने गोरु विस्थापित हुँदै गएको र पाइहाले पनि महँगो शुल्क अनि थोरै जग्गा जोत्ने हुँदा पछिल्लो समय हाते ट्रयाक्टर प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker