तनहुँमा फूलपाती भित्र्याईयो

भञ्ज्याङ न्यूज

बडादसैंको सातौं दिन आज नेपाली परम्परा अनुसार घरघरमा फूलपाती भित्र्याइएको छ । यस अवसरमा तनहुँको सदुरमुकाम दमौलीमा पनि एक कार्यक्रमका बीच फूलपाती भित्र्याइएको छ ।

व्यास नगरपालिका, कालीभञ्जन गण -इ) चापाघाट, जिल्ला प्रहरी कार्यालय, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइ, विभिन्न संघ संस्था तथा स्थानीयको सहभागितामा बाजागाँजा सहित फूलपाती भित्र्याइएको हो ।

कालीभञ्जन गण (इ), जिल्ला प्रहरी कार्यालयबाट निकालिएको फूलको डोली दमौली स्थित वीपी वनवाटीकाको वेलको रुखमा पुजाअर्चना पश्चात बाजागाजा सहित दमौली बाजरको परिक्रममा गरी व्यास-४ स्थित कालिका मन्दिरमा विधिवत रुपमा भित्र्याइएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको स्थानमा घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याउने गरिन्छ ।

दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याउने प्रचलन छ ।

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ । यसलाई नवदुर्गाको पार्ष् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ । केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आहृवान गरी पूजा गरिन्छ ।

यस्तै, हनुमान ढोका दरवारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राहृमण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र साँस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker