तनहुँको दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी (फोटोफिचर सहित)

तनहुँको व्यास नगरपालिका–४ स्थित दमौलीको एक हार्डवेयर्स पसलको गोदाममा आज आगलागी भएको छ ।
भूपाल हार्डवेयर्सको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन भने सकेको छैन ।

के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले बताए ।










