तनहुँमा एकै दिन १८२ जनामा डेंगु संक्रमण

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँमा दैनिक डेंगु संक्रमितको संख्या बढ्ने क्रम जारी छ । करिब दुइ महिनाअघिदेखि फैलिएको डेंगु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मंगलबार मात्रै १८२ जना नयाँ डेंगु संक्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लामा सोमबारसम्म छ हजार ४८४ जना डेंगु संक्रमित रहेकोमा वृद्धि भई छ हजार ६६६ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । व्यास नगरपालिकामा ६० जना नयाँ संक्रमित थपिएका छन् । यसअघि पाँच हजार चार सय १५ रहेको यस पालिकामा थपिएर पाँच हजार ४७५ जना पुगेको छ । डेंगु संक्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् ।

जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा ४९६, ऋषिङ गाउँपालिकामा १९४, भिमाद नगरपालिकामा १८४, म्याग्दे गाउँपालिकामा ११०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् ।

यसबाट बच्न बयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेलगायतमा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए । डेंगु संक्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रसस्त पिउने, फलफूल खाना र आराम गर्न उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker