एमालेका लम्सालले स्वतन्त्र उम्मेदवारी फिर्ता गरे

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका-१२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका समशेर लम्सालले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमाले भानु-१२ का अध्यक्ष लम्सालले स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकामा सोमबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

वडालाई समृद्ध बनाउने चाहनाका कारण वडाध्यक्षमा उम्मेदवारी दिएकामा आफूले उम्मेदवारी फिर्ता लिएको लम्सालले प्रेस विज्ञप्तीमार्फत् जानकारी गराएका छन् । उनले भने, ‘वडालाई समृद्ध बनाउने तीव्र चाहना रहेका जनताको भावना अनुसार मैले स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेको थिएँ, म माथि जतिसुकै अन्याय भएतापनि मलाई म आबद्ध पार्टी एमालेको प्रगाढ माया छ । त्यसैले उम्मेदवारी फिर्ता लिइएको छु ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker