मिर्लुङ-सतिस्वाँरा सेवा समाज कतारद्वारा आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

मिर्लुङ-सतिस्वाँरा सेवा समाज कतारले मेरुदण्डका विरामीलाई आर्थिक सहयोग गरेको छ । तनहुँको भानु नगरपालिकाको वडा नं. १२ र १३ घर भई रोजगारीको सिलसिलामा कतारमा रहेका युवाहरुले मेरुदण्डका बिरामी भिमलाल गुरुङलाई आर्थिक सहयोग गरेका हुन ।
समाजले भानु-१२ छहरे निवासी गुरुङलाई मिर्लुङ-सतिस्वाँरा सेवा समाज कतारले ३० हजार ३९५ सहयोग गरेको छ ।
मदन थापा अध्यक्ष रहेको मिर्लुङ सतिस्वारा सेवा समाज कतार संस्थामा आबद्ध रहेका देबेन्द्र बानिया र रामकृष्ण पराजुली थापाको समन्वयमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
याकुपदिन मियाको समन्वयमा समजुर घर भै हाल साउदी रहेका नसुरदिन मियाले पनि चार हजार १३० सहयोग गरेको जिल्ला समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले बताए ।
भिमलाल गुरुङ विगत केही समयदेखि मेरुदण्डको समस्यामा छन् । रुखबाट खसेर उनको मेरुदण्ड भाँचिएको थियो । उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको छ ।
भानु-१३ समजुर निवासी कृष्ण गुरुङको समन्वयमा जिसस प्रवक्ता गल गुरुङ, भानु-१२ बेल बहादुर अधिकारी लगायत स्थानीयको उपस्थितमा सहयोग रकम हस्तान्तरण गरिएको बताइएको छ ।










