तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधिलाई विदाई

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले पाँच वर्षो कार्यकाल पूरा गरेका जनप्रतिनिधिलाई एक कार्यक्रमको आयोजना गरी बिहीबार विदाई गरेको छ । ‘पाँच वर्षे कार्यकालको विदाई तथा फेरी भेटौला’ कार्यक्रमको आयोजना गरी नगरपालिकाले जनप्रतिनिधिहरुलाई विदाई गरेको हो ।

सो अवसरमा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले निवर्तमान नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी, वडाध्यक्ष, सदस्य लगायत कार्यपालिका सदस्यहरुलाई खादा ओढाइ विदाइ गरेका हुन् ।

कार्यक्रममा मन्तव्य राख्दै निवर्तमान नगरप्रमुख न्यौपानेले नगरक्षेत्रमा गरिएका बिकासका कामहरु धेरै सन्तोषजनक भएको उल्लेख गर्दै काम गरे अनुसार समिक्षा गर्न र अझै पनि जनताका आवश्यकता जरुरी रहेको बताए ।

त्यस्तै निवर्तमान उपप्रमुख जोशीले नगरपालिकाले छनोट गरेका योजनालाई गम्भिर रुपमा अध्ययन गरेर काम गर्न सफल भएको बताए । कार्यक्रममा कार्यवाहक नगरप्रमुख लेखबहादुर रानाले सिमित स्रोत र साधनका बाबजुद पनि नगरपालिकाले धेरै काम गर्न सफल भएकोबताए ।

प्रमुख प्रशासकीय अधिकृत सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यास-४ का वडाध्यक्ष विश्व न्यौपाने, कार्यपालिका सदस्य चन्द्रमाया परियार, नगरपालिकाका उपनिर्देशक राजेन्द्र कार्की लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker