बस दुर्घटना हुँदा ७ जना घाइते, एक जना गम्भिर
भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौली स्थित चापाघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएका छन । पोखराबाट दमौलीतर्फ आउदै गरेको ग.१ख ४२१५ नं को बस अनियन्त्रित भई सडकबाट करिब १०/१२ फिट तल खस्दा उक्त दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ ।
व्यास नगरपालिका-५ कन्टारमा भएको उक्त दुर्घटनामा परि व्यास-१० की २९ वर्षीया अप्सरा पौडेल गम्भिर घाइते भएकी र उनको थप उपचारका लागि पोखरा पठाइएको प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले बताए ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा परि बस चालक कास्की पोखरा-२३ बिजयपुर बस्ने बर्ष ५० को नविन कुमार के.सी., म्याग्दे -६ का बर्ष ३५ को दिपक बि.क., म्याग्दे-४ कै वर्ष ११ को बिश्वास बि.क., म्याग्दे-४ का बर्ष ८० की आइतमाया नेपाली, शुक्लागण्डकी-९ का बर्ष २८ को सबिन ठकुरी र भानु-४ का बर्ष २७ का राजकुमार बि.क. सामान्य घाइते भएका छन ।